© 2026
दाङ ।
लमही-घोराही सडकखण्डको चिसापानीमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शनिवार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ३ चिसापानी स्थित घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु२ख ३५९६ नम्बरको टिप्पर र लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा१ख २१८६ नम्बरको टिप्पर एक आपसमा ठोक्किँदा दुई जना टिप्पर चालक सामान्य घाइते भएको अस्थायी ट्राफिक पोस्ट लमहीले जनाएको छ ।
दुर्घटनामा परि रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी २८ वर्षीय करण बहादुर खड्का र घोराही उपमहानगरपालिका वडा नम्बर १ निवासी ३० वर्षीय सागर पुन घाइते भएका छन् । घाइते दुवै चालकलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।