Butwal Today

एमाले नेता गौतमको मृ,त्यु

५ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

बुटवल। बाँकेमा स्थायी घर भएका एमाले नेता तथा पूर्व प्रदेश सभा सदस्य बाबुराम गौतमको मृत्यु भएको छ । बाँके जिल्लामा कम्युनिस्ट आन्दोलनको अग्रज नेताको पहिचान बनाए गौतम गुल्मीको थोर्गामा जन्मेर कर्मथलो नेपालगन्ज बनाएका थिए ।

उनी २०५४ सालमै बाँके जिल्ला कमिटीको प्रमुख रहेका थिए । नेकपा एमालेको केन्द्रीय सल्लाहकार र लुम्बिनी प्रदेससभाको पूर्व सदस्य रहेका गौतमको निधनले पार्टीमा ठूलो क्षति भएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् ।

‘पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको निधनको खबरले स्तब्ध बनाएको छ। संघर्ष, सादगी र निष्ठाको राजनीतिमा समर्पित कमरेड गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?