Butwal Today

सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता

३१ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

काठमाण्डौ ।
सिटिजन्स बैंंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग ‘लुप नेटवर्कमा इसुअर’ बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यो सहकार्यसँगै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहजरूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ ।

यो सम्झौता पश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड, क्रेडिट कार्ड होल्डरहरुले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट सामान खरिद गर्दा सहजै इन्स्ट्यान्ट पर्चेज क्रेडिट लुप क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले आफ्नो सिटिजन्स बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी लुप इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।

यो सुविधाले ग्राहकहरूलाई आवश्यकता अनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न, खरिद प्रक्रियालाई सहज बनाउन र सरल भुक्तानीको अनुभव लिन मद्दत पुयाउने बैंकको दावी छ ।
सिटीटेक ग्रुपसँगको सहकार्यले डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप सहज र पहुँचयोग्य बनाउन सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । यसबाट ग्राहकहरूले आधुनिक डिजिटल बैंकिङ सेवाको लाभ उठाउँदै आफ्नो दैनिक खरिद तथा भुक्तानीलाई अझ सुविधाजनक बनाउन सक्नेछन् ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याईसकेको छ ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?