Butwal Today

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

दाङ । दाङमा टिपरको ठक्करबाट बालकको मृ,त्यु भएको छ। घोराही(लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका(३ कुइरेपानीमा रा।१ ख २५११ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै घोराही(लमही सडक खण्ड अन्तर्गत कुइरेपानीमा सडक अवरुद्ध गरेका छ्न्।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?