Butwal Today

बुटवल उवासंघमा नयाँ नेतृत्वका लागि निर्वाचन

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु भएको छ। बुटवल उद्योग बाणिज्य सचिवालय परिसरमा मतदान सुरु भएको हो ।

७३औं वार्षिक साधारण सभा तथा २६औं अधिबेशन को निर्वाचन कार्यक्रममा मतदानका लागि योग्य सदस्य वा प्रतिनिधीहरुले संघले जारी गरेको फोटो सहितको परिचय पत्र वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको परिचयपत्रको आधारमा मात्र मतदान गर्ने व्यवस्था रहेको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

नयाँ नेतृत्वका लागि दुई समूह प्रतिष्पर्धामा छन । नरिश्वर शर्मा पौडेल र टंक गैरेको समूहले अलग अलग प्यानल नै बनाएर चुनावमा होमिएका छन ।

तीन बर्षका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो ।  दुवै समूहले उद्योगी व्यवसायीको हक अधिकारको मुद्दालाई मूख्य प्राथमिकतामा राखेका छन ।

संघमा अध्यक्ष सहित १ वरिष्ठ उपाध्यक्ष, १ उद्योग उपाध्यक्ष, १ वाणिज्य उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ सचिव र १ सहसचिव पद सहित कार्यसमिति सदस्य तर्फ १ एशोसियट सदस्य, ४ उद्योग सदस्य, ४ बाणिज्य सदस्य, ७ खुल्ला र २ महिला सदस्य पदमा निर्वाचन हुँदैछ ।

अधिवेशनका लागि १ हजार ८१० जना मतदाता रहेका छन् ।
मतदान सम्पन्न भएपछि लगत्तै आज साँझबाट मतगणना हुने र राती नै निर्वाचनको परिणाम प्राप्त हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?