© 2026
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।
उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी भए । मधु आचार्य पनि २ हजार ३४२ मत सहित उपसभापतिमा विजयी भए ।
समावेशी उपसभापति पदमा बिनोद चौधरी १ हजार ७४५ मतका साथ निर्वाचित चुनिए ।
खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा।डा। चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।