Butwal Today

सुपादेउरालीमा शिवालय मन्दिर निर्माण

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री अर्जुन कुमार केसीले धार्मिक आस्था र विश्वास जगाउन धार्मिक वेद र ग्रन्थहरुको अध्ययन गर्नुपर्ने बताएका छन् । जिल्लाको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा रहेको सुपादेउराली मन्दिर प्राङ्गणमा आइतबार शिवालय मन्दिरको उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसले आउने पिँढीमालाई संस्कार र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्नेसमेत केसीले बताए । सनाखत धर्म मान्नेहरुले आफ्नो परिवारलाई धर्म ग्रन्धको महत्त्वपूर्ण कुराहरु सक्न र सिकाउन आवश्यक रहेको उनले जिकिर गरे । शिवालयले निर्माणले आस्था र विश्वासको केन्द्र बन्दै पर्यटकीय गन्तव्य बन्ने सांसद केसीको भनाइ छ ।

यसैबीच शिवराज नगरपालिकाका प्रमुख अजय थापाले धर्म परिवर्तनको लहर चलिरहेको चिन्ता व्यक्त गर्दै यो क्रम रोक्न लागि सनातनीहरुले जागरु बन्नुपर्नेमा जोड दिए । उनले धर्म परिवर्तन गर्दै हिड्नेबाट सचेत हुँदै संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने बताए । यस्तै बुद्धभूमि नगरपालिकाका प्रमुख केशब श्रेष्ठ, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले धर्म ,संस्कृति, परम्परा, रीतिरिवाजलाई संरक्षण लागि सहयोग गर्दै आएको बताउँदै धर्म परिवर्तनको नाममा विचलित नहुनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारको ३ बर्षमा पटक–पटक गरेर तीस लाखको लागतमा निर्माण भएको नवनिर्मित शिवालय मन्दिरको उद्घाटन पुर्व मन्त्री अर्जुन कुमार केसीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?