© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
लु ४ त ९७१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार दुई जनामध्ये सहचालक पाल्पा छहराका २२ वर्षका गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको र चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ का पुन्यप्रसाद थारु घाइते भएको स्थानीय केशव पन्थीले बताएका छन् ।
रोलर बोकेर आएको ट्र्याक्टर ओरालो सडकमा ब्रेक फेल भई दुर्घटना भएको बल्कोट प्रहरी इन्चार्ज दिवस दाहालले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते भएका चालकको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचार जिल्ला अस्पताल अर्घाखाँचीमा भइरहेको छ ।
दुर्घटनाका क्रममा सञ्जय पाण्डेले चलाएको लु ७२ प २०६३ नम्बरको मोटरसाइकलसमेत क्षतिग्रस्त भएको बताइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस बहादुर जिसिले बताएका छन् ।