© 2026
रसुवा ।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउन बेत्रावतीमा एक्रो बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त सडक सम्पर्क पुनःस्थापना गर्ने उद्देश्यले निर्माण गरिएको पुल ४५ दिनपछि सम्पन्न भएको हो । नेपाली सेनाले आइतबार एक कार्यक्रमबीच पुलको उद्घाटन गरेको छ ।
बेली ब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित सडकखण्डमा आवागमन सहज हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्याएपछि त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो । नयाँ पुल निर्माणसँगै सडक सम्पर्क पुनःस्थापना तथा आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।