Butwal Today

मदिरा व्यवसायलाई मर्यादित बनाउनु पर्नेमा जोड

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

नेपाल मदिरा व्यवसायी महासंघका सल्लाहकार गिरिराज पौडेलले मदिरा व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन व्यवसायीहरू जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२, गोरुसिंगेमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन तथा सरकारी नीतिनियमको पूर्ण पालना गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए । व्यवसायीका समस्या समाधान गर्न सम्बन्धित निकायले पनि सकारात्मक पहल गर्नुपर्ने सल्लाहकार पौडेलले बताए ।

यस्तै नेपाल मदिरा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष कुलचन्द्र सिग्देलले मदिरा व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै कानुनी दायराभित्र रहेर सञ्चालन गर्नुपर्ने उनले उल्लेख गरे ।

व्यवसायीको हकहित संरक्षासँगै अवैध कारोबार नियन्त्रण गर्न सके राज्यको राजस्व वृद्धि र वैधानिक व्यवसाय प्रवद्धनमा सहयोग पुग्ने उनको भनाइ छ । व्यवसायी र सरकारी निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको अध्यक्ष सिग्देलले बताए । शनिबार भएको कार्यक्रममा बिजया दशमी ,शुभ दिपावली तथा छठ पर्बको शुभ–अवसरमा शुभ कामना समेत उनले व्यक्त गरे ।

यसैबीच संघको प्रेस सल्लाहकारमा राम अवतार थारु, कानुनी सल्लाहकारमा शरद अधिकारीलाई राख्ने, विपत कोष व्यवस्थापनलगायत विभिन्न महत्वपूर्ण निर्णयहरु पनि गरेको अध्यक्ष सिग्देलले जनाए । यसैगरी खगेन्द्र पौडेल, रबिन्द्र कुमार गुप्तालगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?