Butwal Today

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तु उत्कृष्ट जिल्ला

२४ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बाणगंगा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कपिलवस्तु ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मानित भएको छ। प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती समारोहका अवसरमा कपिलवस्तु शाखालाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मान प्राप्तिपछि जिल्ला शाखाका तर्फबाट आभार व्यक्त गर्दै शाखाका अध्यक्ष अशिम कंडेल क्षेत्रीले यस उपलब्धिका लागि संस्थाका सम्पूर्ण पदाधिकारी, संस्थापक, पूर्वअध्यक्ष तथा पूर्वकार्यसमिति, वर्तमान कार्यसमिति, सल्लाहकार, सदस्य र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

त्यसैगरी, जिल्ला शाखाको कार्यसम्पादनको मूल्यांकन गरी सम्मान प्रदान गर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय कार्यसमितिप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ। ‘यो सम्मान सम्पूर्ण कपिलवस्तु शाखाको साझा सम्मान हो,’ आभार सन्देशमा भनिएको छ। लोक तथा दोहोरीगीतको संरक्षण, प्रवद्र्धन र विकासका साथै कलाकारको हकहित र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन यस सम्मानले कपिलवस्तु शाखालाई आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

मधेश प्रदेशको महोत्तरीस्थित बर्दिबास नगरपालिका–३ मा असोज २२, २३ र २४ गते आयोजित महाधिवेशन तथा रजत जयन्ती समारोहमा प्रदान गरिएको यस सम्मानलाई कपिलवस्तु शाखाले आफ्नो संस्थागत योगदान र सामूहिक प्रयासको उपलब्धिका रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?