© 2026
तिलोत्तमा ।
रगतको अभावमा कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य सहित झरना स्पोर्ट्स क्लबले शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा तिलोत्तमा नगरपालिका वडा न। ६ कुञ्जलापुरमा भएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।
क्लबका अध्यक्ष धरेन्द्र पौडेलले समुदायमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र अस्पतालमा रगतको अभावमा रहेका बिरामीलाई सानो सहयोग पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । भैपरिहुने दुर्घटना, शल्यक्रिया तथा विभिन्न रोगको उपचारका क्रममा रगत आवश्यक पर्ने भएकाले सङ्सस्थाहरुले गर्ने नियमित रक्तदानले बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुर्याउने गरेको छ ।
यस्ता अभियानले रक्तदानप्रति सकारात्मक सोच विकास गर्न र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।