© 2026
लुम्बिनी ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोधले एसईई तथा कक्षा १२का विद्यार्थीहरूलाइ नगद सहित सम्मान गरेका छन् ।
२०८२ सालको एसईई तथा कक्षा १२ को परीक्षामा नियमिततर्फ उत्तीर्ण १८ जना विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो। विद्यार्थीलाई थप अध्ययनका लागि प्रोत्साहित गर्ने उद्देश्यले साइकल र १७ जनालाई जनही पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको वडाध्यक्ष हरिकेश लोध बताए। डा अध्यक्ष लोधले आगामी दिनमा उत्कृष्ट विद्यार्थीलाई ५० हजार रुपैयाँ नगदसहित ल्यापटप प्रदान गर्ने घोषणा गरे ।
आमा माध्यमिक विद्यालयका प्रधानाध्यपक राजेन्द्र यादवको अध्यक्षता तथा वडाध्यक्ष लोधको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १२ को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पनि साइकल प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक यादवले विद्यार्थीको सफलतामा शिक्षक, अभिभावक र विद्यालयको सामूहिक प्रयास महत्त्वपूर्ण हुने बताए। विद्यार्थीको मेहनत र उपलब्धिको सम्मानले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा मिल्ने उल्लेख गरे।