Butwal Today

गुल्मीमा चट्याङ लागेर शिक्षिका सहित दुई जना घाइते

२४ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ मा चट्याङ लागेर दुई जना व्यक्ति घाइते भएका छन् ।

अविरल वर्षासँगै शुक्रबार अपरान्ह परेको चट्याङमापरी इस्मा गाउँपालिका–४ ढोकाकामुख स्थित मनकामना प्राथमिक विद्यालयकी ३० वर्षीया शिक्षिका लीला अर्याल र सोही वडाको मिदीस्वारा बस्ने २१ वर्षीय घनश्याम घिमिरे घाइते भएका हुन् ।

चट्याङका कारण शिक्षिका अर्यालको बायाँ खुट्टामा चोट लागेको छ भने घिमिरे घरको दलानमा बसिरहेको अवस्थामा नजिकै चट्याङ खसेपछि बेहोस भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उक्त घटनापछि घाइतेहरूलाई शुक्रबार राती उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो ।

घाईतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार हुन नसेकपछि थप उपचारका लागि गए रातिनै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी बिरेन्द्रवीर बिश्वकर्माले जानकारी दिएका छन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको नेतृत्वमा प्रहरी टोली तत्कालै घटना स्थलमा पुगेको थियो । घटनास्थल प्रहरी चौकी इस्माबाट करिब दुई किलोमिटर उत्तरमा पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?