Butwal Today

सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

धादिङ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि आज साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको हो । सडक अवरुद्ध भएसँगै राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?