© 2026
काठमान्डौँ ।
सरकारले गत असोज ८ देखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
यसअघि सरकारले भदौ १० गतेको बाढीबाट प्रभावित जिल्लाका विभिन्न स्थानीय तहलाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का विभिन्न स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारले गोरखाको सहिद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई विपद् सङ्कटग्रस्त क्षेत्रको सूचीमा राखेको छ ।
त्यसैगरी, मनाङका चामे गाउँपालिका र नासो गाउँपालिकाका साथै मनाङ ङिस्याङ गाउँपालिकाका वडा नम्बर १ र ४ लाई पनि उक्त सूचीमा समावेश गरिएको छ ।
त्यस्तै, म्याग्दीका अन्नपूर्ण, रघुगंगा, मङ्गला, धवलागिरि र मालिका गाउँपालिका तथा बेनी नगरपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।