© 2026
काठमान्डौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका लागि सातवटा एजेन्डा पारित गरेको छ । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले ती एजेन्डा पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ ।
बैठकका एजेन्डामा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान, महाधिवेशन तथा अधिवेशन, केन्द्रीय कार्यसमिति गठन तथा बैठक, केन्द्रीय सचिवालय गठन तथा बैठक, कार्यविभाजन र विविध विषय समेटिएका छन् ।