Butwal Today

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेल र गैरे प्यानलबीच प्रतिस्पर्धा

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।  आज हुन लागेको बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि दुई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका प्रत्याशी नरिश्वर पौडेल र टंकप्रसाद गैरे नेतृत्वका प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो ।

नेपाली कांग्रेस निकट व्यवसायीहरूको बाहुल्यता रहेको संघमा दुवै प्यानलको नेतृत्व कांग्रेस निकट व्यवसायी नेताहरूले गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा कांग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका नरिश्वर पौडेल र संघका वर्तमान वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे अध्यक्षका प्रत्याशी बनेका हुन् ।

 

पौडेल प्यानलका उम्मेदवार

नरिश्वर पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतीक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु )उम्मेदवार बनेका छन् ।

प्यानलको नेतृत्व गरेका पौडेल नेपाली कांग्रेस निकट नेता हुन् भने वरिष्ठ उपाध्यक्षका प्रत्याशी सुरज भट्टराई एमाले निकट नेता हुन् । कांग्रेस निकट व्यवसायीहरूको बाहुल्यता रहेको संघमा सोही पार्टी निकटका व्यवसायीबाट अर्को प्यानल बनेपछि पौडेलले एमाले र रास्वपा निकट व्यवसायीहरूलाई समेत समेटेर प्यानल बनाएका हुन् ।

एशोसिएट सदस्यमा भानुभक्त खत्री (भानु)उम्मेदवार छन् । उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी उम्मेदवार बनेका छन् । महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यमा विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय उम्मेदवार छन् ।

गैरे प्यानलका उम्मेदवार

टंकप्रसाद गैरे नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी र महासचिवमा जमुना पौडेल उम्मेदवार बनेका छन् ।

त्यस्तै, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे र सहकोषाध्यक्षमा जाकिर हुसेन उम्मेदवार छन् ।

एशोसिएट सदस्यमा बालकृष्ण पौडेल उम्मेदवार छन् । उद्योग सदस्यमा दीपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ र सुनिता अर्याल प्रतिस्पर्धामा छन् ।

वाणिज्य सदस्यमा मनिषकुमार ह्योजु, मिलनकुमार भारी, राजेश भट्टराई र सुनिता गिरी उम्मेदवार बनेका छन् । महिला सदस्यमा सुकमाया श्रेष्ठ ध्वजु (सीता) र सुष्मा केसी उम्मेदवार छन् ।

खुला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेशप्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशीलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे चुनावी प्रतिस्पर्धामा छन् ।

दुवै प्यानलले व्यवसायीको हकहित, संघको संस्थागत विकास र व्यावसायिक वातावरण सुधारका मुद्दा अघि सार्दै मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?