Butwal Today

कांग्रेसको १५औँ महाधिवेशन : मतदान दिउँसो २ बजेदेखि हुने

२२ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिले दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको छ ।

मतदानको समय निर्धारण गर्ने विषयमा निर्वाचन समितिले सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । राष्ट्रिय सभा गृहमा भएको छलफलपछि मतदान दिउँसो २ बजेदेखि सुरु गर्ने निर्णय गरिएको हो ।

निर्वाचन समितिले यसअघि आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने जनाएको थियो । तर तयारी पूरा नभएको भन्दै मतदानको समय सारेर दिउँसो १ बजे पुर्‍याइएको थियो । त्यसपछि पुनः समय थप गर्दै मतदान सुरु गर्ने समय दिउँसो २ बजे निर्धारण गरिएको हो ।

मतदानको समय पटक–पटक सर्दा महाधिवेशन प्रतिनिधिहरू भने मतदानका लागि प्रतीक्षामा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?