ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण
जिल्ला नकआउट लिग छनौट फुटबल प्रतियोगिता २०७९

विश्व शान्ति र हिमाल युथ छनौट

२७ माघ २०७९, शुक्रबार
२७ माघ २०७९, शुक्रबार

स्वस्तिक श्रेष्ठ
बुटवल, २७ माघ ।

रुपन्देहीमा सम्पन्न जिल्ला नकआउट लिग छनौट फुटबल प्रतियोगिता २०७९ मा विजेता बन्दै सालझण्डीको विश्व शान्ति युवा क्लब र उपविजेता बन्दै मणिग्रामको हिमाल युथ क्लब छनौट भएका छन् ।

सिद्धेश्वर खेलमैदानमा शुक्रबार भएको फाईनल खेलमा हिमाल युथ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै विश्व शान्ति युवा क्लब विजयी भएको हो । निर्धारित समयको ४२ मिनेटमा विश्वशान्तिका समिर श्रेष्ठले गोल गर्दै खेलमा अग्रता लिएका थिए । हिमाल युथ क्लबका अमित क्षेत्रीले ४४ मिनेटमा बराबरी गोल फर्काए ।

प्रतियोगितामा उत्कृष्ट किपर विश्वशान्तिका आयुष राना, हिमाल युथ क्लबका गोविन्द थापा उत्कृष्ट डिफेन्स, हिमाल युथकै अमित क्षेत्री उत्कृष्ट फरवार्ड तथा विश्वशान्तिका लोक बहादुर बुढामगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए ।

एक समारोहका बीच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि), खेलप्रेमी टेक बहादुर थापा, जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनमगरले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी खेलकुदको हब भएको बताए । यहाँ हुने खेल गतिविधि खेल विकासको आधार भएको भन्दै खेलकुद विकासमा सबै क्षेत्रको सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनमगरले भौगोलिक रुपमा ठूलो क्षेत्र रहेको जिल्लाका अधिकाश उत्कृष्ट टिमहरुले भाग लिएको बताए । दुई टिम छनौट भएर जिल्लाको सदस्य भएसंँगै थप जिम्मेवारी लिएर अघि बढ्नुपर्ने उनले बताए । एन्फामा आवद्ध रहेका ४७ वटा जिल्लाहरुमध्ये रुपन्देही उत्कृष्ट हुनेमा आशावादी रहेको उनले बताए । फुटबलमा टिम वर्क मुख्य भएको भन्दै लिगमा समेत उत्कृष्ट प्रदर्शन हुने उनले बताए । रुपन्देहीमा लिग चरणमा खेलबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट रुपन्देही–११ को टिम बनाउने गरी अभियान समेत जिल्ला फुटबल संघ अघि बढेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?