काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतदान कार्यक्रम सरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज बिहान १० बजेदेखि हुने भनिएको मतदानको कार्यक्रम दिउँसो १ः०० बजेसम्मका लागि सारिएको जानकारी दिए।
उनले मतदानको प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले मतदानको समय सारिएको जानकारी दिए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली बुधबार राति प्रकाशन गरिएको छ ।
मतदानका लागि बागमती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको छ । यस्तै, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका लागि खुल्लामञ्चमा व्यवस्था गरिएको छ ।
कोशी र मधेस प्रदेशका लागि खुल्लामञ्चस्थित ९तराई मधेस हल०, गण्डकीका लागि ९हिमाली० हल र कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका लागि ९पहाड० हलमा मतदानको व्यवस्था गरिएको सदस्य सचिव कटुवालले बताए ।
मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका कुरा लैजान नपाइने निर्वाचन समितिले जनाएको छ ।