© 2026
दाङ ।
दाङको तुलसीपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ज्यान जानेमा सल्यान शारदा नगरपालिका २ खलङ्गा घर भई हाल तुलसीपुर ५ रानीजरुवामा कोठा भाडा गरी बस्ने पप्पु नेपालीका छोरा अन्दाजी २ वर्षका आयन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुर ७ गैरापातुस्थित झोलुङ्गे पुल नजिकै आज बुधवार बिहान लु.प्र.०२–००१ क ०००४ नम्बरको स्कुल बसले ठक्कर दिँदा पैदल यात्री बालक गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो । घटनापछि प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।