© 2026
गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ अँधेरीका २४ वर्षीय ऋषिराम भण्डारीको बिजुलीको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार भण्डारी मङ्गलवार दिउँसो करिब ३ बजे सिमलचौरस्थित आफ्नै खेतमा पानी लगाउन घरबाट निस्किएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्त र छिमेकीले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा बुधवार बिहान करिब ९ः४५ बजे आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासबाट टोली घटनास्थलमा पुगिसकेको बताएका छन् ।