Butwal Today

ग्रीन फर गुडमा वस्याल अध्यक्ष

२० आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

पाल्पा । वातावरण र पर्यटनको क्षेत्रमा कार्यरत संस्था ग्रीन फर गुड नेपालको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । साधारण सभाले धनिश्वर वस्यालको अध्यक्षमा ७ सदस्यीय नेतृत्व चयन गरेको छ ।

जसको उपाध्यक्षमा भेषराज सुवेदी, सचिव गंगाबहादुर खत्री, कोषाध्यक्ष शान्ति, कार्यसमिति सदस्य भोजराज भट्टराई, द्रोण भुसाल लगायत चयन भएका छन् । जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनालले नयाँ नेतृत्वलाई शुभकामना दिदै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनको क्षेत्रमा ग्रीन फर गुड नेपालले पु¥याएको योगदानको उच्च प्रसंशा गरे ।

वातावरण सम्बन्धी काम गर्ने संस्थाको भूमिका समाजका लागि प्रशंसनीय र अनुकरणीय रहेको उनको भनाई थियो । वातावरणलाई स्वच्छ र स्वच्छन्द बनाउन पर्यटन र वातावरणका गतिविधिलाई नियमित गर्न खनालले सुझाव दिए ।
संस्थाका अध्यक्ष धनिश्वर बस्यालले प्राकृतिक वातावरण एवम् सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वातावरणीय क्षेत्रमा कार्यरत ग्रीनफर गुड नेपालले तानसेनको फोहोर मैला व्यवस्थापनमा सहयोग गर्दै आएको बताए ।

उनले विश्व वातावरण दिवस, विद्यालयहरूमा गठन गरिएका ग्रीन युथ क्लव, पर्यटन क्लव र ग्रीन फर गुड नेपाल कार्यसमितिका पदाधिकारीबाट श्रीनगर परिसरमा फोहोर संकलन नियमित गरिएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?