© 2026
बुटवल । तिलोत्तमा नगरपालिका–१५, कोटिहवा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सेवा केन्द्र स्तरिय एकाइगत साधारणसभा सम्पन्न गरेको साकोसले आश्विन १७ गते प्रतिनिधिमूलक निर्णय प्रमाणित साधारण सभा सम्पन्न गरेको हो। समुदायमा आधारित जनउत्थान साकोसले पुनः एक्सेस ब्राण्ड प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरूलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको लागि काम गर्दै आएको छ ।
कार्यक्रमा बोल्दै जनउत्थान सहकारीका पुर्व अध्यक्ष तथा मा सांसद ज्ञानु पौडेलले जनउत्थान सहकारीले तिलोत्तमा रूपन्देहीको मात्रै नभएर देशकै नाम उचो गराएको बताएकी छन् । उनले सहकारीको पंक्तिमा एउटा उदाहर दिन सक्ने सहकारी बनाएकोमा यसका संचालक कर्मचारी र सदस्यहरूलाई बधाई तथा धन्यबाद ज्ञापन गर्दै थप प्रगतिको कामना गरेकी थिइन् ।
साकोसका अध्यक्ष गिरी प्रसाद पुनले सदस्यहरूलाई व्यवसायिक रूपमा सक्षम बनाउन र जनताको मन र बिश्वास जित्न जनउत्थान साकोसले निरन्तर उत्कृस्ट कार्य गरिरहेको बताए । जनउत्थान साकोसले एशियाली ऋण महासंघको फोरम २०२६ बाट पुनः एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियो ।
सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरू सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने समाजमा रहेका आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्यअनुरूप कार्यसम्पन्न गरेको साकोसका अध्यक्ष पुनले जानकारी गराए ।
त्यसैगरी साकोसले आफ्नो योजना अनुरूप यसबर्ष पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा विशेष जोड दिदै सम्मान तथा अक्षयकोषलाई अगाडि बढाएको छ ।
साकोसकी उपाध्यक्ष सरु रानाले समाजमा रहेर जनउत्थानले समजपयोगी कार्य गर्दै जनता र यसका सदस्यहरूको मन जितेको बताइन। संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको बताइन । संस्थाको तर्फबाट कोषाध्यक्ष निल प्रसाद पुनले आर्थिक बर्ष २०८२÷८३ को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत गर्दै गत बर्षको मुनाफाबाट सदस्यलाई १० प्रतिशत लाभांश वितरण गरिने जानकारी गराए’।
साकोसले गत आ.व.को असार मसान्तसम्म ४४ हजार ३ सय ६९ जना सदस्यबाट करिव ३१ करोड २२ लाख ९९ हजार शेयर पुँजी संकलन गरेको छ । त्यसैगरी यस अवधिमा बचत संकलन ३ अर्ब ९८ करोड २२ लाख ४८ हजार १ सय ४८, ऋण लगानी ३ अर्ब ३६ करोड ७८ लाख ३९ हजार ६ सय ३७ र शुद्ध बचत १० करोड ५३ लाख ४४ हजार ४ सय ६ रहेको छ । संस्थाले यस आर्थिक बर्षमा ४ अर्ब ८१ करोड ६० लाख ७९ हजार ८ सय ८३ कुल सम्पत्ति पुर्याएको छ । संस्थाको जगेडा कोषमा ४० करोड ७२ लाख ९६ हजार ४ सय १२ रकम जम्मा भएको छ । रूपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले १० वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा सस्थाको आगामी कार्यदिशाको बारेमा बोल्दै करिव २२ वटा प्रस्ताबहरू पारित गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक रनबहादुर थापाले सदस्यहरूमाझ २२ प्रस्ताव छलफलको लागि पेश गर्दै सर्बसम्मतले पारित गरेका थिए । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिएको छ । भर्खरै विभिन्न स्थानमा प्रतिक्षालयको निर्माण सकाएको सहकारीले भर्खरै रसुवा बाढी प्रभावित क्षेत्रमा सहयोग पुग्ने लक्ष्य सहित प्रधानमन्त्री राहत कोषमा गरेको सहयोगले सदस्य सहित जनताको मन जितेको छ ।
त्यसो त सहकारीले बिद्यालय बिकास अक्षयकोश, युवा बिकास अक्षयकोश, आमा समूह, अभिनास अनाथ आश्रम, खुल्ला रक्तदान, नुवाकोट सरसफाई कार्यक्रम, उत्कृस्ट सहकारी पत्रकारिता पुरष्कार, आमा समूह टोल बिकास प्रोत्साहन, सेवा केन्द्र स्तरिय उत्कृस्ट पुरस्कार,भबितब्यबाट भएको क्षतिमा सहयोग, स्वास्थ्य शिविर, युवा क्लब सहयोग, छात्रवृत्ति बितरण लगायतको स्थानिय स्तरमा समजपयोगी काम गरेर सदस्यहरूको मन जितेको छ ।
यसैबीच जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मनित भएका छन् ।