© 2026
बुटवल । जुनेली बचत तथा ऋण सहकारी संस्था बुटवल ११ को १७ औं शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष मिनप्रसाद अर्यालले प्रत्येक सदस्यको बचतको ४० प्रतिशत बचत फिर्ता गरी तरलता व्यवस्थापन गरिएको र अझै पनि यो समस्या सहकारी क्षेत्रमा दरिलो रुपमा उभिएको बताएका छन् । संस्थाको कुल बचत ७ करोड ८ लाख रहेको छ भने संस्थाको सेयर पुजी १ करोड३२ हजार रहेको छ।
बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले बिचलो उपमहानगरपालिकाले निरन्तर रूपमा सहकारीहरूको अनुगमन गरिरहेको र उत्कृष्ट सहकारीहरूलाई विशेष प्राथमिकताका साथ कार्यक्रमहरू ल्याएको बताए
। कार्यक्रममा कोषाध्यक्ष रमा भुसाल ज्ञवालीले कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मिनप्रसाद अर्यालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सल्लाहकारहरु राजेन्द्र ढकाल , रमेश बहादुर थापा क्षेत्री , लेखा सुपरिवेक्षण समितिका संयोजक परशुराम ज्ञवाली , उपेन्द्र ज्ञवाली , सम्बन्धन बहुउद्देश्य सहकारी संस्थाका उपाध्यक्ष विष्णुकुमारी गौतम लगायतले बोल्दै संस्थाले अझै शेयर सदस्यहरू बचतलाई आर्थिक वृद्धिका लागि काम गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरी र जेष्ठ नागरिकलाइ समेत सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कपिल ढकालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लक्ष्मी अर्यालले गर्नुभएको थियो । सहकारीमा ५८९ जना शेयर सदस्यहरू रहेका छन्।