Butwal Today

तस्करीमा प्रयोग भएको बससहित ७ लाखका सामान बरामद

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

चन्द्रौटा। कपिलवस्तुमा तस्करीमा प्रयोग भएको बससहित करिब ७ लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेडक्वार्टर कपिलवस्तु तथा मातहतका इकाइले राजस्व छली ल्याएको लत्ताकपडा, किराना सामान, मोबाइल पाट्र्स, कवाड, खाद्यान्न, सुर्तिजन्य पदार्थ तथा पेय पदार्थ बरामद गरेको हो ।

बरामद सामान, ढुवानीमा प्रयोग भएको एक बस र एक मोटरसाइकलसहितको कुल मूल्य १५ लाख ५३ हजार ७६६ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भन्सार सुरक्षा गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायव उपरीक्षक यज्ञमान साउदको नेतृत्वमा खटिएको टोलीले रा १ ख २००३ नम्वरको यात्रु बाहक बस सहित राजस्व छली गरी ल्याउदै गरेका सामान बरामद गरेको छ ।

गुल्मले दांग घोराही उपमहानगरपालिका ५ लक्ष्मीपुर बस्ने बस चालक राज बहादुर घर्ती र सोही पालिका वडा नम्बर १४ बस्ने सह चालक पारस खडकालाई समेत नियन्त्रण लिएको छ ।

बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?