Butwal Today

दाउन्नेमा बस पल्टिँदा मृत्यु हुनेको संख्या ६ पुग्यो, २ जनाको अवस्था चिन्ताजनक

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

नवलपरासी  । आज बिहान दाउन्नेमा बस पल्टिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

अन्य ११ जना घाइते छन् । तीमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३(०१(००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो ।

बसमा १७ यात्रु थिए ।

इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार दुर्घटनामा परेका सबैको उद्धार भइसकेको छ । पल्टिएको बस क्रेनले तानेर बाहिर निकालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?