Butwal Today

सन्धिखर्कमा एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाइदिए

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाइदिएका छन् । आगोले श्रीमती घाइते भएकी छन्।
सन्धिखर्क–११ रामपोत निवासी ४२ वर्षीय खिमबहादुर मुखियाले शुक्रबार दिउँसो घरमै रहेकी ३६ वर्षीया श्रीमती सुनिता मुखियामाथि मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना हुँदा खिमबहादुर मदिरा सेवन गरी मातेका थिए। आगलागीबाट घाइते सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार घटनामा संलग्न खिमबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी जिसीले जानकारी दिए। प्रहरीले घटनाको कारण तथा घटनाको विस्तृत अवस्थाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?