Butwal Today

सडकले बनायो व्यवसायीक कृषि

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

पाल्पा ।

निस्दी गाउपालिका मित्यालकी राम कुमारी सुनारीले गत वर्ष व्यवसायीक तरकारी बाट राम्रो आम्दानी गरिन् । उनले व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी गर्न लागेको ५ वर्ष भयो । आफनो गाँउ बस्तीलाई सडक संजालले जोडेपछि उनले तरकारी खेतिलाई व्यवसायीक रुपमा अंगालेकी हन् । निर्वाहमुखी खेति गरेकी सुनारीले सडक बिस्तार गरेपछि खेति पनि विस्तार गरेकी हुन् ।

मित्यालको बस्ती बस्तीमा मोटर बाटो पुगेपछि महिलाहरुका लागि मौसमी तथा बेमौसमी कृषि उपज राम्रो आम्दानीको माध्यम बन्न्न सफल भएको छ । कृषि उपज तथा तरकारी खेति मोटर बाटोले वोट देखि बजार सम्म जोड्यो । यँहा उत्पादित कृषि उपजले स्थानिय बजार देखि रामपुर बजारमा स्थानिय उत्पदान पुग्ने स्थानिय कृषक लक्ष्मी कुमारी पाटा बताउँछिन् ।

तिनाउ गाउपालिका मस्याम पुग्दी गाउँमा यस पटक काक्रो खेति बाट गाउमा ८० लाख रुपैया भन्दा बढि भित्रियो । करिव ३० घर परिवार व्यवसायीक खेतिमा लागि परेको छन् । गाँउमा मोटर बाटोले सहर संग जोडिदियो । पहिला पहिला साझ बिहान खान पनि दुःख भएका परिवारहरु कृषि कै माध्यम बाट आत्म निर्भर हुँदै गए ।

स्थानिय पदम रानाका अनुसार मोटर बाटोले नजोडदा सबै निर्वाहमुखी खेति गर्दै थिए । अहिले सबै व्यवसायीक भए । खेतिका लागि क्षेत्र पनि बिस्तार भयो अहिले बाह्रै महिना तरकारी उत्पादन हुने र यहा उत्पादित तरकारी बुटबलको हाट बजारमा पुग्ने गरेको उनले बताए । मस्यामका सबै टोल बस्तीका सय भन्दा बढिको सख्यामा मौसमी तथा बेमौसमी तरकारी खेति तर्फ आकर्षण बढ्यो । सडकले बजार सम्म जोड्ने लागत सहभागितालाई पनि कम बनाइ दियो । जसले गर्दा तरकारी खेति गर्न कृषक संग खेति गरिने क्षेत्रफलमा समेत बृद्धि भएको स्थानिय माया राना बताउँछिन् ।

रिब्दीकोट गाउपालिका ठिमुरेको एउटा बस्तीको नाम नै बदलियो । जब गाउमा मोटर बाटो संग मोटर पुग्यो पोरकनी गाउमा परिवर्तन आयो । गाउँका अधिकाशं कृषक व्यवसायीक तरकारी खेतिमा लागि परेपछि गाउँको नाम पोरकनी बाट पौरखनी भएको स्थानिय अगुवा कृषक कुजु राना बताउँछन् । सडकका कारण कृषक व्यवसायीक बने । पछिल्लो वर्ष टमाटर खुर्सानी ,सीमी बाट यहाका कृषकहरुले आर्थिक हैसियत पनि माथि पुगेको स्थानिय कृषक शम्भू नेपाल बताउँछन् । सडकले बजार सम्म जोडी दियो । पछि स्थानिय सरकारको लगानी कृषिमा बढाउँदै गएको तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् । स्थानिय सरकारले उत्पादन देखि बजार सम्म जोडि दिएको छ । गाउँको उत्पादन बुटबलको हाट बजारमा बिक्रीका लागि पनि व्यवस्था गरि दिएको उनले बताए ।

सडकका कारण रिब्दीकोट गाउपालिकाको पहिचान पनि बदलिएको छ । अकबरे खुर्सानी बजार पुगेपछि मानविय श्रम बिना नै बजार पुगेको पनि छ । सबै टोल बस्तीमा सडक संजालले छोएको छ। खुर्सानी टिपेर गाडीमा पठाउने चलन पछिल्ला वर्षमा रहेको स्थानिय जनक आचार्य बताउँछन् ।

माथागढी गाउपालिका बहादुरपुर ताकातुङका ७० वर्षिय खिमकला दर्लामी भन्दछिन् पहिले पहिले स्थानिय उपज बिक्री गर्न निकै कठिन हुन्थ्ये डोकोमा बोेकेर घर घर डुल्दा पनि बिक्री गर्न निकै कठिन भएको थियो । जब मोटर गाउमा पुग्यो कृषि उपज जस्तै मेवा केरा आलु सबै बिक्रीका लागि घरैमा व्यापारी आउन थालेकाले कृषिलाई व्यवसायीमा अंगालेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?