Butwal Today

२३ वर्षीय युवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

अर्घाखाँची ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट २३ वर्षीय युवा नेता हलिम खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन ।

युवा पुस्तालाई पार्टीको नेतृत्व तहमा समेट्ने कांग्रेसको नयाँ व्यवस्थाअनुसार उनी ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हुन ्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा २०६० वैशाख २४ गते जन्मिएका खान स्वर्गीय जुल्करिम (जुन्किरी) मियाँ र शफिरन मियाँका कान्छा छोरा हुन् । सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी २०७४ सालमा नेपाल विद्यार्थी संघको नगर सदस्यबाट औपचारिक राजनीतिमा प्रवेश गरेका थिए ।

राजनीतिक यात्राका क्रममा उनले नेपाल प्रेस युनियनको सदस्य हुँदै सहसचिवको जिम्मेवारीसमेत सम्हालेका छन् । उनी नेपाली कांग्रेस प्रचार–प्रसार विभाग लुम्बिनी प्रदेशका सदस्यसमेत हुन्। १४औँ महाधिवेशनमा उनी देशकै कान्छा क्षेत्रीय प्रतिनिधिका रूपमा चर्चामा आएका थिए ।

विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका खानको कांग्रेसको महाधिवेशन प्रतिनिधिमा भएको निर्वाचनलाई युवा पुस्ताको राजनीतिमा बढ्दो सहभागिताका रूपमा हेरिएको छ । २३ वर्षकै उमेरमा पार्टीको केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने अवसर पाएपछि उनले युवाको आवाजलाई पार्टीको नीति र नेतृत्व तहसम्म पु¥याउने अपेक्षा गरिएको छ।

कांग्रेसको विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका युवामध्ये दुई जना खुला र एक जना महिला गरी तीन जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा चयन गर्ने व्यवस्था गरिएको छ। यही प्रावधानअन्तर्गत खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?