© 2026
बुटवल ।
नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तरगत क्षेत्र नम्वर २ को क्षेत्रीय पदाधिकारी तथा महाअधिबेशन प्रतिनिधिको निर्वाचनले संसदीय निर्वाचनको झल्को दिएको छ ।
बुटवल उद्योग बाणिज्य संघमा भैरहेको निर्वाचनमा क्षेत्रका समितिको सभापति सहित पदाधिकारीमा दुई प्यानलबीच कडा प्रतिष्पर्धा भएको छ । त्यसैगरी महाधिवेशन प्रतिनिधिका लागि भने तीन प्यानल मैदानमा चुनावी प्रतिष्पर्धा गरिरहेका छन् ।
दुई प्यानलमा नपरेकाहरुले तेश्रो प्यानल सार्वजनिक गरी मत मागिरहेका छन् । रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा प्रजापाल गिरी र प्रसन्न कोइरालाबीच प्रतिष्पर्धा भैरहेको छ । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा ३६ पदका लागि ९६ जनाले उम्मेदवारी दिएका छन ।
पार्टी संगठनमा सक्रिय गिरीले आफ्नो नेतृत्वलाई निरन्तरता दिने उद्देश्यसहित पुनः सभापतिमा उम्मेदवारी अघि सारेका हुन् । उता सभापतिका अर्का प्रत्यासी प्रसन्न कोइरालाले आफूले युवाहरुको समूह लगायत सवैलाई मिलाएर लैजान सक्ने भन्दै कांग्रेसलाई अझै सशक्त बनाउन उमेदवारी दिएको बताएका छन् ।