Butwal Today

संघीय संसदको चालू अधिवेशन अन्त्य

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?