© 2026
आफ्नो देशको विकासको बाटो आफै छनौट गर्न पाउनुपर्ने स्वतन्त्रता हरेक देशको आन्तरिक हक र स्वाभिमानको स्वतन्त्रता हो । अन्तर्राष्ट्रिय सम्बन्धमा अझ बढी लोकतन्त्र नै अघि वढ्ने सही बाटो हो ।
आकार, शक्ति वा आर्थिक हैसियत जस्तो भएपनि हामीले सधै देशका लागि सम्मान अधिकार सम्मान अवसर र समान नियमहरू सुनिश्चित गर्नुपर्छ । चीनको राष्ट्रपति सी.जि.पिडले गत महिनामा किर्गिस्तानको राजधानी विस्केटमा आयोजित बैठकमा सम्वोधन गर्ने क्रममा यो माथिको टिप्पणी गरेका हुन् ।
आज संयुक्त राज्य अमरिकाले भू– राजनीतिमा आफ्नो एकल वर्चस्व कायम राख्न विभिन्न देशहरूलाई आफनो दवावमा राखिरहन अनेक हथकण्डा अपानाउदा विश्व राजनीति दयनीय अवस्थाबाट गुज्रिरहेको बेला यो टिप्पणी आशाको त्यान्द्रो वनेको छ । ट्रम्प प्रशासनको पेलानले देशहरू अधुरो अवस्थामा परेको वेलामा सीको कथनले ढाडस दिएको छ ।
नेपालको इतिहासमा पहिलोपटक संघीय संसद प्रतिनिधि सभामा अमेरिका निकट प्रतिनिधिहरूको वाहुल्यता भएको हुनाले नेपाल सरकारले सीको यस अवधारणाप्रति मतलब नराखे जस्तो गर्नु अस्वाभाविक नहोला तर उनको यस मन्तब्यले ल्याएको तरंग नेपालसम्म पनि नआउने कुरा हुदैन ।
गत वर्ष भाद्र २३÷२४ को दुर्घटनापछि नेपालको आन्तरिक राजनीति तथा तीन राजनीतिक सन्तुलनमा पछिल्लो समय आएको फेरवदलले नयाँ राजनीतिक शक्तिको रूपमा रास्वपा उदाएको हो । यसले वोकेको तीन राजनीतिक झुकाव र प्रभावले अन्त राष्ट्रिय शक्ति केन्द्रमा ट्रम्प प्रशासन कै थियो । अव रास्वपाले वरिपरि घुमिरहने नीति लिन्छ कि त्यसबाट मुक्तिको बाटो रोजेर स्वतन्त्र भई अगाडि वढ्छ त्यो त भोलिको परिस्थितिले वताउला तर विश्व जनमत भने ट्रम्पको अमेरिकी प्रष्ट नीतिबाट मुक्त बनेर उसको अधिनमा नभई आफ्नो भविष्य आफै निर्धारण गर्न पाउनु पर्ने स्वतन्त्रताको पक्षमा देखिन्छ ।
यसमाथि पनि युएनओले हालै विश्वको भूगोल (म्याप) मा ग्लोवल म्यापमा देश र महादेशहरूको आकारमा फेरवदल हुन सक्ने भनी आएको प्रस्तावमा मतदान गराउँदा सो प्रस्तावको समर्थनमा लगभग सबैजसो राष्ट्रहरूले मतदान गरे भने २÷३ वटा देश तटस्थ रहनु र त्यस प्रस्तावको विरोधमा केवल अमेरिका एउटा देश मात्र देखापर्नुले विश्व जनमतबाट अमेरिका एक्लिदै जान थालेको प्रष्टैसित बुझ्न सकिन्छ ।
अमेरिकी शासकहरू जुनसुकै विषयमा पनि अमेरिकाले सबैलाई तीन दिनेको ट भन्ने देखाउन चाहन्छन् तर परिस्थिति भने यो भन्दा बेग्लै छ । आज इरान जस्तो राष्ट्रले त अमेरिकालाई उसको साख जोगाउन हम्मेहम्मे बनाइरहेको छ भने अझ रुस चीन जस्ता महाबली राष्ट्रहरूले उसको एकछत्र प्रभावलाई चुनौति दिन नसक्ने कुरै भएन ।
मानव सभ्यताको लिखित इतिहासले कोरेका पानाहरू अध्ययन गर्ने हो भने अहिले सम्म विभिन्न सभ्यताहरूको उत्थान र पतनका पाठहरू हामीले पठ्दै आएका छांै । चाहे इसापूर्व धेरै अगाडिको ग्रिक गणराज्यका कुरा गरौं या मोसापोटामिया सभ्यता या अरू कुनै जो एउटा निश्चित कालखण्डसम्म उनीहरूको दवदवा कायम रहयो भने त्यसपछि क्रमश : सिथिल हुदै गएर कालान्तरमा उनीहरूको इतिहास केवल इतिहासको पानामा मात्र सिमित रहन गएको हामीले देख्दै आएका छौं । संयुक्त राज्य अमेरिकाको सवालमा पनि एक समय ज्ञान (भौतिक) विज्ञान, प्रविधि, उद्योग, व्यापार, प्रशासनिक ढाँचा सबै क्षेत्रमा अमेरिका अब्बल थियो नै ।
अमेरिकाका १७ औं राष्ट्रपति अव्राहम लिंकनले अमेरिकाको दास प्रथालाई सदाको लागि अन्त्य गरेर भूई मान्छेको मानवी अधिकारका सवालका संसारको निम्ति जुन कोशेढुंगा र अनुकरणीय व्यक्तिको रूपका विश्व इतिहासमा स्थापित बने, त्यो त छदैछ । त्यस अतिरिक्त उनले गरेको प्रजातन्त्रको परिभाषा डेमोव्रmेसी इज द पिपुल फर द पिपुल वाइ द पिपुलले संसारभरिका युवाहरूलाई निरंकूश शासकहरूका विरुद्ध जगाउने काम ग¥यो ।
यही प्रजातन्त्रको जगमा अडिएर काम गर्दा संयुक्त राज्य अमेरिकाले गरेको चौतर्फी विकासको प्रत्यक्ष अप्रत्यक्ष फाइदाबाट विश्व लाभान्वित भएको कुरालाई स्वीकार गर्न नपर्ने कारण छैन । तर पछिल्लो समयमा खासगरी प्रथम र द्वितिय विश्व युद्धपछि आज पर्यन्तका अमेरिकी शासकहरूमा शक्तिको उन्मादले अत्यन्त्तै मात चढेपछि उनीहरूमा विवेक हराउदै गएको हो । साम्राज्यवाद र आफ्नो व्यापारिक स्वार्थ पूरा गर्नको निम्ति जस्तोसुकै निम्छरो काम गर्न नहिच्किचाउने अमेरिकी शासहरूले ससारलाई कति दुःख दिए, विश्वका जनतालाई कति सताए रुवाए, हिसाब गरेर साध्य छैन । चाहे जापान माथि एटम बमको प्रहार होस वा चाहे भियतनाम माथिको ज्यादति ।
अर्थात माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा आउनु पूर्व चीनमाथि गरेको अत्याचार र शितयुद्धका बेला भर्खर उपनिवेशबाट मुक्त भएका देशहरूमाथि पुन नवऔपनिवेशिक दासता लादन र स्वतन्त्र अर्थतन्त्रको विकासमा अवरोध सिर्जना गर्न चालिएका घृणित हर्कतहरू सबैका सामु छर्लड्ग छन् । हालैको ताजा घटनामा एक स्वतन्त्र मुलुक भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई आफ्ना कमाण्डो फोर्स प्रयोग गरी राति सुतेको समयमा अपहरण गराई अमेरिका पु¥याएर अदालतमा झुठा मुद्दा दायर गरी जेलमा सडाएर त्यहाँको तेलमाथि कब्जा जमाएको लाजमर्दो व्यवहारले पनि अमेरिकी शासकहरूको चरित्र बुझ्न सजिलो हुन्छ । इरानलाई पनि व्यर्थमा चलायो ।
अहिले गत सेप्टेम्वर १३ र १४ मा भारतको राजधानी नयाँदिल्लीमा ठूलो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भयो । व्रिक्स सम्मेलनमा भेला भएका दर्जनौं सरकार तथा राष्ट्र प्रमुखहरूले एउटै मञ्चमा जम्मा भएर गरेको छलफलको अन्तिम निष्कर्ष के निकाल्ने हुन भन्ने जिज्ञासा विश्वलाइ पहिलेदेखि नै कुतुहलको विषय थियो नै अहिले आएर अमेरिकी डलरको बदला अन्तराष्ट्रिय व्यापारमा स्थानीय मुद्रालाइ पनि मान्यता दिइएपछि अमेरिकाको निद टुटेको छ ।
यस अर्थमा १८ औं व्रिक्स शिखर सम्मेलन अमेरिका राष्ट्रपतिको डोनाल्ड ट्रम्पको निम्ति उनको मानमर्दन विषय सावित हुनु स्वाभाविक हो । यसका अतिरिक्त सोही मञ्चबाट चिनियाँ राष्ट्रलाई बराबर सम्मान चाहिन्छ । अब संसारमा शक्तिको बलमा मनोमानी चल्न हुदैन । चिनको निसाना पनि ट्रम्पको निम्ति कम्ता मर्मभेदी छैन ।
दुःखलाग्दो कुरा के छ भने आफ्नै गाँठोसित जोडिएको आगनमा यति ठूलो र यस्तो महत्वपूर्ण कार्यक्रम हुँदा घण्टी सरकारको कूटनीतिक असफलताका कारण नेपालले निम्तोसम्म पनि पाएन । त्यहाँ नेपाल सहभागी हुन पाएको भए हामीले पनि धेरै कुरा राख्ने अवसर पाउँथ्यौं । आगामी दिनमा यस्तो मौका चुकाउनु हुदैन ।
सरकारको नेतृत्व जसले गरेपनि हाम्रो खेर गइरहेको जल व्यवस्थापन, स्वच्छ उर्जा, डिजिटल पूर्वाधार तथा औद्योगिक विकास एवं व्यापार सन्तुलनबाट पारस्परिक हित हासिल गर्न क्षेत्रीय सहकार्यमा हाम्रो जोड हुनुपर्दछ । नयाँले पुरानालाई दोष देखाएर उम्कने चेष्टा र पुरानाको नयाँको खुट्टा तानेर रमिता हेर्ने कुचेष्टा यो आत्मघाती स्वभावलाई परित्याग गरेर सबै मिलेर अघि वढौं ।