Butwal Today

नवीनमा मन्त्रीसँग विद्यार्थी कार्यक्रम सम्पन्न

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सामाजिक विकास मन्त्रीसँग विद्यार्थी कार्यक्रम बुधवार विद्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्विनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले विद्यार्थीहरूले शिक्षासंग सम्बन्धित सोधेका प्रश्नहरूको जवाफ दिदै देशमा जन्मदर कम भएको, सहरीकरण, बसाइसराइ र तराईमा भइरहेको तिब्र बसाइसराइका कारण पहाडी क्षेत्रका विद्यालय समस्यामा रहेको र विद्यार्थी संख्या बढी भएका विद्यालयहरूलाई भौतिक पूर्वाधार विकास, शिक्षकको क्षमता विकास र नयाँ प्रविधिको प्रयोगमा बृद्वी गर्ने योजना रहेको र सामाजिक विकास मन्त्रालयले आ.व. ०८३÷८४ मा ३ अरव ५ करोड बजेट शिक्षामा विनियोजन गरेको बताए ।

कार्यक्रममा विद्यार्थीहरूले मन्त्रीको विद्यार्थी जीवन, लुम्विनी प्रदेशको एसइइ सुधार योजना, प्रदेशको शैक्षिक गुणस्तर अभिबृद्वी योजना, प्राविधिक धारका छात्रा सबैलाई छात्रवृत्ति नदिनुको कारण, धेरै विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार सुधार र विकासमा मन्त्रालयको धारणा, प्रदेश नमुना विद्यालयलाई खेलकुद प्रशिक्षक र स्टाफ नर्सको प्रावधान निरन्तरता नदिनुको कारण लगायतका विषयमा कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्ययनरत २÷२ जना विद्यार्थीहरूले प्रश्न सोधेका थिए ।

कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहका उत्कृष्ट जिपिए प्राप्त गर्ने २४ जना विद्यार्थीहरूलाई सामाजिक विकास मन्त्रीले नगद १ हजार देखि १० हजार सम्म गरी नब्बे हजार पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका एकाइ प्रमुख उपसचिव विष्णुप्रसाद पन्थी, सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख उपसचिव हरिबहादुर बिष्ट, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य हुमकान्त लम्साल, लक्ष्मी नारायण चौधरी, शिक्षक अभिभावक संघका सदस्यहरू गणेश बहादुर कुँवर, ज्योती थापा, जयराम पन्थी, सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समुह इन्चार्ज रोमनाथ घिमिरे, अंग्रेजी विषय विभागीय प्रमुख राजन अधिकारी, गणित विषय संयोजक तुल्सीराम घिमिरे लगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?