Butwal Today

दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो ।

प्रसाईका हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

प्रसाईले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खड्कालाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए। उक्त विषय सांसद खड्काले संसद्मा समेत उठाएकी थिइन् ।

खड्काले दिएको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?