Butwal Today

स्थानीय चुनावमा केन्द्रित हुन ओलीको निर्देशन

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलबाट सम्बोधन गर्दै हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन प्रदेश तथा जिल्ला तहका नेताहरूलाई आग्रह गरे ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली तथा आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका गतिविधिलाई तीव्रता दिनुपर्ने बताए ।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका ओलीले त्यसैलाई निरन्तरता दिँदै आज अन्य प्रदेशका नेताहरूलाई सम्बोधन गरेका हुन् ।

एमालेले ‘लोकतन्त्रको पुनर्बहाली’ र ‘आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी’लाई पार्टीको मुख्य गन्तव्यका रूपमा अघि सारेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?