Butwal Today

बाढीपीडितलाई थाकसको ६ लाख बढी सहयोग

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

चन्द्रौटा ।

रसुवा बाढीपीडितका लागि थारु कल्याणकारिणी सभा कपिलवस्तुले ६ लाख बढी आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहतका लागि जिल्लाका विभिन्न पालिकामा रहेका थाकस नगर तथा गाउँ समितिको पहलमा उक्त रकम संकलन गरिएको हो ।

शिवराज नगरपालिका २ लाख ७९ हजार ८५५ , बुद्धभुमि नगरपालिका २ लाख ८८ हजार ९९५ र विजयनगर गाउँपालिका ६९ हजार ८५० संकलन गरि कुल ६ लाख ३८ हजार ७ सय रुपैया बैंकमार्फत सहयोग गरेको थाकसले जनाएको छ । यस्तै बाणगंगा नगरपालिकामा १३० क्विन्टल चामल, ५ क्विन्टल दाल सम्बन्धित स्थानमा तयारी गरेको थाकसा बाणगंगा नगर समितिले जनाएको छ ।

थारु कल्याणकारिणी सभा (थाकस) नगर समितिको नेतृत्वमा पालिका भित्र रहेको थारु गाउँहरुबाट मात्र टोलटोलका बरघर (थारु अगुवा) हरुको सहयोगमा उक्त रकम संकलन गरि जम्मा गरेको सक्कली बैंक भौचर थाकस कपिलवस्तु सभापति पवन कुमार थारुको अगुवाइमा मंगलबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुझाइएको थाकस शिवराज नगर सभापति प्रकाश चौधरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?