© 2026
रुपन्देही ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं। २ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि महेश शर्माले उम्मेदवारी दिएका छन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय रहेका शर्माले युवा सहभागिता, नयाँ सोच र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएका हुन् ।
शर्माले बुटवलस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइमा दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेका थिए। उनी नेविसंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस बुटवल नगर समितिका सदस्यसमेत रहिसकेका छन् ।
पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता बढाउँदै नीति निर्माण र नेतृत्व विकासमा नयाँ पुस्तालाई जोड्नुपर्ने धारणा शर्माले अघि सारेका छन् । विद्यार्थी राजनीतिबाट प्राप्त संगठनात्मक अनुभवलाई पार्टीको संगठन सुदृढीकरणमा उपयोग गर्ने उनले बताएका छन् ।