Butwal Today

प्रतिनिधि सभामा दुई विधेयक पेस

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

प्रतिनिधि सभामा दुई विधेयक पेस भएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस भएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेस गरेकी हुन् ।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस गरे ।

विधेयक पेस गर्नुअघि दुवै मन्त्रीले विधेयक पेस गर्ने अनुमति माग्दै प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमा विरोधको सूचना नआएको भन्दै सभामुख डोलप्रसाद अर्यालले दुवै विधेयक पेस गर्न अनुमति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?