© 2026
काठमान्डौँ ।
समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मधेस प्रदेशका ५ जिल्लामा संयोजक तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजकको जिम्मेवारी दिएर समानान्तर महाधिवेशनको तयारीमा जुटेको समूहले यसअघि नै ५५ जिल्लामा संयोजक तोकिसकेको छ ।
संयोजकको हैसियतमा डा। कोइरालाको हस्ताक्षरमा सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई संयोजक तोकिएको सम्पर्क कार्यालयले जनाएको छ ।
समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।