Butwal Today

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

मनाङ ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।

पहिरोमा परी मानवीय क्षति भएको आशङ्का गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना ९नौ जना पर्वतारोही र १३ जना सहयोगी० मध्ये करिब एक दर्जन बेपत्ता भएका अशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । उनीहरु सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए ।

उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताए । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए ।

घट्टे खोला थुनियो

यसैबीच लमजुङ हिमालको बेसक्याम्पमा पहिरो गएपछि घट्टे खोला थुनिएको छ ।

पहिरोले चामे गाउँपालिका–४ स्थित घट्टे खोला थुनिएको हो । खोला थुनिएपछि अहिले चामे गाउँपालिका–३, ४ र ५ नम्बर वडाका बासिन्दालाई नेपाली सेनाको नयाँ भैरवी दलभित्र राखिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?