Butwal Today

बागलुङमा एकै परिवारका ४ जनाको मृत्यु

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

 

बुटवल । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका( ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार आज बिहान ४र५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?