Butwal Today

अविरल वर्षा र पहिरोले पाल्पामा २ जनाको मृ त्यु , ३ जना वेपत्ता

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

पाल्पा ।
तीन दिनदेखि जारी अविरल वर्षाका कारण पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए ।

रिव्दीकोट गाउँपालिका वडा नं. ६ का ठिमुरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो । रुप्से रजौलीका चिदीको पनि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी माथागढी गाउँपालिका वडा नंं ३ कसेनी भैसीकट्टामा आईतवार विहान ५ बजेको समयमा झरेको लिल बहादुर घर्तिमगरको घर पूर्ण रुपमा पुरिएको छ ।

घर्तीको घरमा सुतिरहेका स्वय ७५ बषिय लिल बहादुर घर्ती, १५ बर्षिया झरना घर्ती र १७ बर्षिया दिना घर्ती वेपत्ता भएको वडा अध्यक्ष तेज बहादुर घर्तीमगरले जानकारी दिए । झरना घर्ती छिमेकी मोतीलाल घर्तीको छोरी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पाल्पाको प्रमुख अन्न भण्डार मानिने माडीफाँट डुबानमा परेको प्रेमको प्रतिक रानीमहल क्षेत्र डुवानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?