Butwal Today

प्रवासी भुजेल समाज कतारको रक्तदान कार्यक्रम सम्पन्न, ५९ जनाले गरे रक्तदान

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

दोहा, कतार । प्रवासी भुजेल समाज कतारको आयोजनामा तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवनदान’ भन्ने मूलमन्त्रका साथ हमाद हस्पिटल अन्तर्गत कतार नेसनल ब्लड डोनेट सेन्टरमा आयोजित कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।

मानवीय सेवाको भावनाबाट प्रेरित कार्यक्रममा कतारमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीसहित करिब १३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

रक्तदान गर्ने सबै रक्तदातालाई प्रवासी भुजेल समाज कतारका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी तथा रक्तदाताको उल्लेख्य सहभागिताप्रति समाजका अध्यक्ष सन्तोष भुजेलले धन्यवाद तथा आभार व्यक्त गरे ।

बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरूले रक्तदानमार्फत मानवीय सेवामा योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?