Butwal Today

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

चितवन ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका छन् । सात पालिकामा रहेका ४९७ विद्यालय बन्द गरिएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार यहाँ रहेका सबै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका हुन् । ती विद्यालयमा एक लाख ६९ हजार ३५६ विद्यार्थी अध्ययन गर्दै आएका छन् । निरन्तरको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?