© 2026
गुल्मी ।
नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. १ बाट होबिन्द्र कार्कीले नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी घोषणा गरेका छन् ।
सत्यवती–जोहाङ क्षेत्रमा नेपाली कांग्रेसको संगठन निर्माणमा अग्रज पुस्ताले पुर्याएको योगदानबाट प्रेरित हुँदै आफूले पनि पार्टी संगठनलाई बलियो बनाउन निरन्तर योगदान गर्दै आएको कार्कीले बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै कार्कीले अग्रजको अनुभव र युवाको ऊर्जालाई नयाँ जिम्मेवारीसँग जोडेर कांग्रेसलाई थप संगठित, गतिशील र सुदृढ बनाउने उद्देश्य रहेको बताए ।
उनले आफ्नो विगतको योगदान, राजनीतिक विचार तथा आगामी दृष्टिकोणको मूल्याङ्कन गरी विवेकपूर्ण ढंगले मतदान गर्न क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन् । आफूलाई प्राप्त हुने विश्वास र समर्थनलाई कांग्रेसप्रतिको जिम्मेवारीका रूपमा ग्रहण गर्दै निरन्तर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
कार्कीले अग्रजको अनुभव, युवाको ऊर्जा र सुदृढ कांग्रेस आफ्नो साझा संकल्प रहेको बताए ।