Butwal Today

काँग्रेसको नयाँ नेतृत्व छनोट हुँदै

७ आश्विन २०८३, बुधबार
अ+
अ-

पाल्पा ।

नेपाली काँग्रेसले १० वटा स्थानीय निकायमा पाटीको नयाँ नेतृत्वको लागि निर्वाचनको प्रक्रिया बाट नेतृत्व छनोटको तयारीमा जुटेको छ ।

गत ३ गते वडा तहको अधिवेशन बाट नयाँ नेतृत्व सहित वडा अधिवेशन सम्पन्न गरी आज जिल्ला भित्रको १० वटा स्थानीय निकायमा १२० जना पाटीको नेतृत्वको लागि निर्वाचित हुनेछन् । २ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८१ वटा वडामा क्षेत्र नम्बर १ मा ४ हजार ३ सय ५५ जना र क्षेत्र नम्बर २ मा ४ हजार ८ सय ४० जना क्रियाशील सदस्यले नयाँ नेतृत्वको लागि छनोट गर्ने पाटीका जिल्ला सचिव सन्तोष थापाले बताए ।

पालिका तहको नेतृत्वको लागि तानसेन रामपुर नगर पालिका रिब्दीकोट रैनादेवी र वगनासकाली गाउँपालिकामा निर्वाचनको प्रक्रिया बाट र माथागढी , तिनाउ , पुर्वखोला ,रम्भा र निस्दीमा सर्वसम्मत बाट नेतृत्व छनोटका लागि प्रयत्न गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?