Butwal Today

लैंगिक हिंसा रोकथाममा सहकार्य आवश्यक

५ आश्विन २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा । लैंगिक हिंसा रोकथामका लागि स्थानीय तह, समुदाय, बाल अधिकार समिति तथा संघसंस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित स्थानीय बाल अधिकार समिति एल डब्लु.सि.आरको नियमित बैठक तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनीहरूले हिंसाका घटना न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना र सक्रियता बढाउनुपर्नेमा जोडदिए ।

‘मौनता तोडौँ’ परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, लक्ष्मी कँडेल, जीविकला केसी, निशा गहतराज र मीना परियारलगायतले सम्बोधन गरेका थिए । वक्ताहरूले लैंगिक हिंसाका घटना लुकाउने प्रवृत्तिको अन्त्य गर्दै पीडितलाई आवश्यक सहयोग र न्यायको पहुँचमा पु¥याउनुपर्ने बताए ।

हिंसा हुन नदिन बालबालिका, महिला तथा समुदायलाई सचेत बनाउनुका साथै घटना भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउनुपर्नेमा उनीहरूको जोडदिए । उनीहरूलाई लैंगिक हिंसा पहिचान, रोकथाम, बाल अधिकार तथा पीडितलाई सहयोग गर्ने उपायबारे क्षमता अभिवृद्धि गराइएको वुमेन एक्ट परियोजनाकी संयोजक सरस्वती डनुवारले जानकारी दिइन् । आइतबार कार्यक्रममा शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका दर्जनभन्दा बढी क्लबका अगुवाको सहभागिता रहेको डनुवारले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?