Butwal Today

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

५ आश्विन २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको जानकारी दिए ।

आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बस नम्बर बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।

बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहायतामा निभाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?